अन्तराष्ट्रिय नर्सिङ दिवसको सन्दर्भमा पोखरामा विविध कार्यक्रम

पोखरा, ३० बैशाख / १९३ औं अन्तराष्ट्रिय नसिंङ दिवस (मे १२) नेपाल नर्सिंङ संघ कास्की शाखाले नर्सिङको जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको हाताभित्र सबै सिस्टर तथा कर्मचारीहरुद्धारा सरसफाई कार्यक्रम गरिएको छ ।

प.क्षे. अस्पताल पोखराका मेट्रोन हरिदेवी जोशी प्रमुख अतिथिको तर्फबाट बोल्दै भजन गाउने ओठहरु भन्दा सेवा गर्ने हातहरु महान हुन्छन भन्ने उद्गार राख्नु भयो । यसै गरी नेपाल नर्सिङ संघका केन्द्रिय सदस्य नीता ताम्राकारले नर्सहरुले मन, वचन र कर्मले सेवाको भावना लिएर काम गर्न सुझाव दिनुभयो । नर्सिङ्ग पेशार्मा हाल आएर सामाजिक मूल्यमान्यता र परिवर्तन आई एक प्रतिष्ठित मर्यादित पेशाको रुपमा समाजले चिन्न थालेको सम्मानितहरुको तर्फबाट सरस्वती श्रेष्ठले भन्नुभयो । सो कार्यक्रममा प.क्षे. अस्पताल पोखराका मेट्रोन हरिदेवी जोशी र नेपाल नर्सिङ संघका केन्द्रिय सदस्य नीता ताम्राकारले पानसमा दीप प्रज्वलन गरि संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सम्मान कार्यक्रमपछि यस वर्षको नारा ‘क्लोजिङ्ग द ग्याप मिलेनियम डेभलवमेन्ट गोल्स’ बारेमा शारदा शर्माले प्रकाश पार्नुभएको थियो भने संघका भू.पू. अध्यक्षहरु विजया लक्ष्मी कोइराला र खगेन्द्रदेवी घिमिरेले नर्सिङ्ग पेशाको बारेमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संघका अध्यक्ष सरिता गुरुङको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष क्षेत्रदेवी रोक्काले स्वागत र कार्यक्रम सञ्चालन संघका सचिव निलम महर्जनले गर्नुभएको थियो । साथै उक्त समयमा नर्सिङ पेशामा लामो समयसम्म अटुटरुपमा इमान्दारीपूर्व लगनशील रही हाल निवृत्तिभरण हुनुभएका वरिष्ठ सिस्टरहरु किरण चन्द, हिन्दूमाया गुरुङ, सरस्वती श्रेष्ठ, मोहिनीदेवी श्रेष्ठहरुलाई खादा ओडाई सम्मानपत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...