निर्माण व्यवसायीको सरकारलाई १५ दिने अल्टिमेटम, माग पुरा नभए आन्दोलन

सागर राज तिमिल्सिना
पोखरा, ६ माघ/नेपाल निर्माण व्यवसायी महासंघ सरकारले व्यवसायीहरुको निमार्ण सम्पन्न भएको काम भुक्तानी नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । व्यवसायीहरुले सरकारलाई १५ दिनको अल्टीमेटम दिएको र त्यस समयमा भुक्तानी नभए आन्दोलनमा उत्रिने बताए । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि राज्यबाट संचालित विकास निर्माणका विभिन्न परियोजनाहरुको निर्माण कार्य पूरा गरेका निर्माण व्यवसायीहरुलाई राज्यले अरबौं मूल्य तिर्न बाँकी रहेको नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले बताए ।

उनले सरकारी कार्यालयमा तालाबन्दी गरि आन्दोलन थाल्ने बताए । उनले सडक विभाग लगायत अन्य सरोकारवाला निकायबाट संचालनमा रहेका बिभिन्न परियोजनाबाट निर्माण व्यवसायीहरुले पाउने रकम तुरुन्त भुक्तानी गर्न सरकार सगँ माग गरे । परियोजना सम्पन्न गरिसक्दा पनि भुक्तानि नपाउँदा बजारमा बैङकिङ तरलताको चरम अभाव भएको उनको भनाई थियो ।

उनले मुल्य बृद्धिले निमार्ण व्यवसायमा असर गरेको भन्दै तक्काल मुल्य बृद्धि फिर्ता गर्न माग गरे । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागू गरिनु पर्ने, सबै निर्माण कार्यहरुमा निर्माण व्यवसायीहरुले विना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम दिनु पर्ने, भारत तथा अन्य देशहरुबाट निर्माण समाग्रीहरु आयात गर्न र सोको भन्सार छुटको व्यवस्था हुनुपर्ने, मूल्यवृद्धिको मारमा परिसकेका व्यवसायीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था दिनुपर्ने लगाएतका माग राखेका छन् ।

त्यसै गरी महासंघका तत्कालीन अध्यक्ष शरदुकमार गौचनको हत्यालाई कडाभन्दा कडा कार्वाही गर्नु पने नेपाल निर्माण व्यवसायी महासंघका महासचिब रामशरण देउजाले बताए । उनले गौचनको हत्याामा संलग्न मुख्य अभियुक्त सहित केहीलाई प्रहरीले पक्राउ गरेपनि हत्यामा संलग्न केही अझै फरार नै रहेकाले हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न तथा प्रचलित कानून अनुसार कार्वाही गर्न माग गरे ।

कमेन्टहरु
Loading...