नेपाली चेलीको विदेशी भूमिमा संगित मोह

पोखरा, असार २३ गते /पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली गीतसंगीतको उत्थानका लागि सक्रियता देखाएकी छिन् । साहित्यमा अत्यन्तै रुची राख्ने पर्वत पाङराङ घर भई अहिले ईजरायलमा रोजगारीको सिलसिलामा पुगेकी दिपिका भुषालले ईजरायलबाटै नयाँ गित आईतबार सार्वजनिक गर्नुभएको छ ।

सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने निष्ठूरीलाई बोलको गित सार्वजनिक भएको हो । ईजरायलमै एक औपचारिक कार्यक्रम आयोजना गरी गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको भूषालले जानकारी दिनुभयो । गीतमा विपिन आचार्यले संगीत भर्नुभएको छ । भने, मान्धवी त्रिपाठीले स्वर दिनुभएको छ । दिपिका भूषालको उक्त गीत आशिका एल्वममा समावेश गरिएको छ ।

म्यूजिक भिडियोको छायाङकन, निर्देशन तथा सम्पादन विपिन तामाङले गर्नुभएको छ । दिपिका भुसालकै रचनाका अन्य गीत तथा गजलहरुको म्यूजिक भिडियोको छायाङकनको तयारी पनि भैरहेको निर्देशक तामाङले बताउनुभयो । गीतको छायाङकनमा तिन जना बीचको प्रेम सम्बन्धलाई देखाइएको छ । एउटै प्रेमीस“ग दुई प्रेमिकाहरुको प्रेम सम्बन्ध देखाइएको छ ।

कमेन्टहरु
Loading...