नक्कली प्रहरी बनी रकम असुल्ने प्रहरी खोरमा

पोखरा, १६ भाद्र/ पोखरा ११ फुलवारी वस्ने वर्ष २५ को शंकर नेपाली र सोही ठाउँ वस्ने वर्ष २५ को पप्पु भन्ने टप वहादुर नेपालीले नक्कली प्रहरी बनी रकम असुल गरिरहेको अवस्थामा प्रहरी चौकी नौडाडावाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कार्वाही शुरु गरेको छ ।

अनुसन्धानको क्रममा निजहरुले विगत ६÷७ महिना पहिला देखि नक्कली प्रहरी बन्न शुरु गरेको बताएका छन् । निजहरु अनैतिक एंवम गैह्रकानुनी कार्य गर्ने व्यक्तीहरुलाई हामी शादा पोशाकका (ऋक्ष्म् एइीक्ष्ऋभ्) प्रहरीहरु हौ भन्दै नियन्त्रणमा लिने र रकम असुल गरी छाड्ने गरेको वुझिएको छ । उनीहरुले पोखरा–११ फुलवारीको मणिपाल शिक्षण अस्पताल पछाडीबाट ३ दिन पहिला मात्र एक जोडी संग रु.२५०।– र एक जना वुढा मान्छे संँग रु १०००।–, भलाम जाने बाटोबाट दुई जोडी संँग क्रमश रु १०००।– र रु १८००।– असुलेको वताएका छन् ।

२ महिना पहिला १ थान क्यलथ भ्चष्ककष्यल मोवाईल र ३ हप्ता अगाडी ी।न्।मोवाईल फेला पारी रु ३५००।– र रु २५००।– मा महेन्द्रपुलको बावुदाई भन्नेको मोबाइल पसलमा वेचेको स्वीकारेका छन् । हाल सम्म कुनै पनि पिडितले सुचना नदिएको कारण असुली धन्दा गरिरहेका थिए । भाद्र १४ गते पोखरा ६ वैदाम निवासी मो.सा.चालक सन्तोष भण्डारीसंग समेत कास्कीको काँडेमा हामी शादा पोशाकका (ऋक्ष्म् एइीक्ष्ऋभ्) प्रहरीहरु हौ भनी रु ३०० असुल गरेपछि, घटना वारे जानकारी हुँदा प्रहरी चौकी नौडाँडाले पक्राउ गरी उनीहरुको कतुर्तको खुलासा भएको हो । उक्त घटनामा संलग्न अन्य गिरोहहरु समेतको खोजतलास एवम् अन्य आवश्यक अनुसन्धानार्थ केही सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अन्तरगत कानुनी कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी यस कार्यालयमा राखिएको छ ।

कमेन्टहरु
Loading...