अधिवेशनको पुर्वसन्धयामा मोटरसाइकल ¥याली

भदौ १,पोखरा/नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं १ ले आसन्न अधिवेशनलाई मध्यनजर गर्दै शनिवार पोखरामा मोटरसाइकल ¥याली गरेको छ । बिजयपुर देखी गगनगाँैडासम्म गरिएको उक्त मोटरसाइकल ¥याली गगनगाँैडामा पुगेर कोणसभा परिवर्तन भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै ने.वि.संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले पुरा ने.वि.संघ अधिवेशनमय भएको र सबै मिलेर अधिवेशन सफल पार्नुपर्ने बताए । संगठनमा भएको गुट अन्त्य गर्न पनि अधिवेशन खाँचो भएको र जुनसुकै हालतमा पनी अधिवेशन हुने भण्डारीले बताए ।
ने.वी.संघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सभापती खुसीराम बरालले यदि कसैले अधिवेशन भाँडछु भन्ने दिवा सपना देखेको छ भने उ स्वयम विलाएर जाने बताए । ने.वि.संघ कास्की क्षेत्र नं १ का सभापती बिमलबाबु न्यौपानेको सभापतीत्वमा सम्पन्न सो कार्यक्रममा ने.वि.संघ कास्कीका उपसभापतीहरु योगेन्द्र सुवेदी,र्पशुराम बस्नेत,म्याग्दीका जिल्ला सदस्य सुजन बडुवाल लगायतले अधिवेशन हुनुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...