प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

११ चैत, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले निर्वाचन आयोगमा प्रमुख आयुक्त र चार आयुक्त नियुक्त गर्नु भएको छ । संवैधानिक परिषद्को सिफारिस अनुसार राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेती र आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव, इला शर्मा र रामभक्त पीभी ठाकुरलाई नियुक्त गर्नु भएको हो ।

sapath-1

नवनियुक्त प्रमुख आयुक्तले शितल निवासमा एक समारोहका बिच कार्यवाहक प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा समक्ष सपथ लिनु भयो । लगतै उप्रेतीले आयुक्तहरुलार्इ सपथ खुवाउनु भएको थियो ।

राष्ट्रपतिले यसअघि नै आयोगमा रहेका उप्रेतीसँगै गुरुङ र यादवको सिफारिसमा संवैधानिक प्रश्न उठाएपछि शनिबार संवैधानिक परिषद्ले संविधान अनुसार नै सिफारिस गरेको जवाफ पठाएको थियो । उप्रेती, गुरुङ र यादवले यघिल्लो संविधानसभा निर्वाचनमा आयुक्त हुनुहुन्थ्यो ।

तत्कालिन प्रमुख आयुक्त भोजराज पोखरेलले राजीनामा दिएपछि उप्रेतीले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेबारी सम्हाल्नु भएको थियो भने उहाँको अवकासपछि गुरुङले कायममुकायम प्रमुख आयुक्तको जिम्मेबारी पाउनु भएको थियो । तर, गत पुसमा गुरुङ र यादवले पनि अवकास पाएपछि आयोग पदाधिकारीविहीन हुन पुगेको थियो ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिसँगै निर्वाचनको तयारीले तिब्रता पाउने भएकेा छ । आयोगसँग परामर्श गरेर केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी भइरहेको सरकारका अधिकारीहरुले बताएका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...