नविल बैकको रक्तदानमा ४० यूनिट रगत संकलन

पोखरा, भदौ १५ /पोखरामा रगतको अभाव भैरहेको बेला नविल बैकं लिमिटेडको २९ औ बार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नविल बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको डाक्टर भोजराज न्यौपानेले डाक्टर चण्डीका पण्डीतलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे । कार्यक्रममा न्यौपानेले रक्तदान गर्नु शरिरको लागी फाइदाजनक हुने र खेर जाने रगत दान गरेर अरु कसैको जिवन रक्षा गरे पुण्य कमाउन सकिने बताए ।
नविल बैकं लि.पोखरा शाखाका सहायक शाखा प्रवन्धक सूर्यबहादुर रोकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माधव बस्ताकोटीले स्वागत र संचालन कार्यक्रम संयोजक समुन्द्र देवकोटाले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा पोखरामा रहेका दुवै शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो भने रक्त संचार केन्द्रले प्राविधिक रहयोग गरेको थियो ।

कमेन्टहरु
Loading...