नवराज सिलवाल फेरि सर्वोच्चमा

काठमाडौं,  २९चैत /प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी मंगलबार​ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रधानमन्त्री, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाइ दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषदको सोमबार​को निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ ।निवेदनमा चार वर्षको कार्यसम्पादन मूल्यांकनमा आफूले २६३ र प्रकाश अर्यालले २६२ अंक प्राप्त गरेको हुँदा आफू कार्यसम्पादन र मूल्यांकनमा अगाडि भएको उल्लेख छ ।

यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराइ आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै उनीद्वारा दायर गरिएको निवेदनमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्यांकनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो ।

कमेन्टहरु
Loading...