यसरी बेचिए ‘हेलो नेपाल’ र ‘एनसेल’ टेलिकमको लाइसेन्स लिँदै विदेशीलाई बेच्दै

७ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डसँग अन्योन्याश्रति सम्बन्ध रहेका व्यवसायी अजय सुमार्गीको ‘हेलो नेपाल’, पूर्व राजाका ज्वाइँको ‘एनसेल’ र अन्तरराष्ट्रिय टेलियासोनेरावीच के साइनो होला ?

directorहेलो नेपालबाट ८७ कर्मचारीहरु जबर्जस्ती निकालिएको भन्दै माओवादीसम्बद्ध मजदुरहरुले मंगलबार नयाँ बानेश्वरस्थित एनसेलको केन्द्रीय कार्यालयमा छापामार शैलीमा तोडफोड गरेपछि सुमार्गी र एनसेलवीचको नाता फेरि खोजी हुन थालेको छ ।

एनसेलको व्यवस्थापन पक्ष र केही उद्योगपतिहरुको दाबी छ, टेलियासोनेरा छुट्टै अन्तरराष्ट्रिय कम्पनी हो भने अजय सुमार्गीको हेलो नेपाल अलग्गै कम्पनी हो, यिनीहरुवीच कुनै साइनो सम्बन्ध छैन । तर, सुमार्गीको कम्पनीबाट निकालिएका मजदुरहरुले किन एनसेलको कार्यालयमा तोडफोड गरे ? के वैद्यजीका कार्यकर्ताले यी दुई फरक कम्पनी हुन् भन्ने भेऊ नपाएकै हुन् त ? यसको रहस्यचाँहि मालिकहरुले दाबी गरेभन्दा अलि फरक छ ।

सुमार्गीले ‘हेल्लो नेपाल’ भनिने नेपाल स्याटेलाइट टेलिकम टेलियासोनेरालाई सन् २०१२ अपि्रल २६ मै बेचिसकेको तथ्यहरुबाट स्पष्ट हुन्छ । ‘गोल्डेन ह्यान्टसेक’का नाममा दर्जनौं मजदुरलाई सेवाबाट निकालेर अन्तरराष्ट्रिय कम्पनीबाट पैसाको बिटो लिएका सुमार्गीलाई यतिबेला तिनै मजदुरहरु टाउको दुखाइको विषय बनेका छन् । cp. onlinekhabar.com

 

कमेन्टहरु
Loading...