मुक्तिनाथबाट फर्किदै गरको बस कागवेनी नजिक दुघटना, ५ को मृत्यु, ३० घाईते

पोखरा, ९ बैशाख/मुक्तिनाथ दर्शन गरि जोमसोम तर्फ आउदै गरेको ना ५ ख ६०६७ नं. को बस मुस्ताङको कागवेनी नजिक दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनमा परि ३ जनाको घटनास्थल मै ज्यान गएको छ भने २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल मुस्ताङमा ज्यान गएको प्रहरीले जनाएको छ । ३० घाईते मध्ये १२ जनाको अवस्था गम्भिर रहेको मुस्ताङका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी भएको उनले जानकारी दिए । बस १०० मिटर तल खसेको योगीले जानकारी दिए । मृतकको पहिचान भने खुल्न सकेको छैन । टोली काठमाडौँबाट मुतिmनाथ दर्शनका लागि आएका थियो ।

कमेन्टहरु
Loading...