मुस्ताङ १० वर्ष यता कै ठुलो हिमपात (फोटो फिचर सहित)

सागरराज तिमल्सिना
पोखरा ५ माघ/हिमालपारीको जिल्ला मुस्ताङमा १० वर्ष यता कै ठुलो हिमपात भएको छ । शनिवार रातीबाट करिब १२ घण्टा सम्म परेको हिमपातले १० वर्ष यता कै ठुलो हिमपात भएको मुस्ताङ्गका स्थानीयहरुले बताएको छन् । शनिवार राती २ बजेदेखि सुरु भएको हिमपात अहिले करिब साढे २ फिट सम्म हिउ परेको थियो । हिऊ परेपछि जनजिबन चिसोलले प्रभाबित भएको छ ।

स्थानिय पत्रकार चन्द्रश्वर बस्ताकोटीले यस अगाडी २०६२ साल ठुलो हिमपात भएको बताए । उनले ६२ साल यता यति ठुलो हिमपात नभएको बताए । उनले अत्याधिक चिसो र बाक्लो हिमपातको कारण मानिसहरु घरबाट बाहिर निस्कन नसकेको बताए । हिमपातले ईन्टरनेट सेवा। टेलिफोन, यातायात र विमान सेवा पनि अबरुद्ध भएको थियो । हावापानी कार्यालय मुस्ताङ्गमा कार्यरत सुर्य प्रसाद शर्माले १० वर्ष पछि यति ठुलो हिमपात भएको बताए । हावापानी कार्यालयले हिउको रेकर्ड नराख्ने भए पनि हिऊ पग्लेर बन्ने पानीको रकर्ड राख्ने गरेको बताए । हिऊ पग्लीदै भएकाले पानीको रकर्ड केहिदिनमा आउने बताए ।

मुस्ताङ १० वर्ष यता कै ठुलो हिमपात
मुस्ताङ १० वर्ष यता कै ठुलो हिमपात

मुस्ताङका १६ वटै गाबिस हिउले ढाकेको छ । यातायात सेवा बन्द छ भने बिमानस्थलमा पनि साढे दुई फिट हिउ जमेको थियो । विमान सेवा सन्चालनका लागी आइतबार विमान स्थलमा रहेको हिऊ हटाउने प्यास भएको थियो । चिसोबाट बच्न मानिसहरु घर भित्रै बसिरहेका छन् । मुस्ताङको जोमसोम, तथा मुक्तिनाथ दर्शनको लागि पुगेका पर्यटक र दर्शनार्थीहरु होटलबाट बाहिर निस्कन सकेका छैनन् । यो बर्ष मुस्ताङमा हिउ परेको यो दोस्रो पटक हो । तस्वीर ः सुर्य बहादुर खत्री

मुस्ताङ १० वर्ष यता कै ठुलो हिमपात 2070
मुस्ताङ १० वर्ष यता कै ठुलो हिमपात 2070

mustang-snowfall-jomsome-himpate (1) mustang-snowfall-jomsome-himpate (2) mustang-snowfall-jomsome-himpate (3) mustang-snowfall-jomsome-himpate (4) mustang-snowfall-jomsome-himpate (5) mustang-snowfall-jomsome-himpate (7) mustang-snowfall-jomsome-himpate (10) mustang-snowfall-jomsome-himpate (11) mustang-snowfall-jomsome-himpate (12) mustang-snowfall-jomsome-himpate (13) mustang-snowfall-jomsome-himpate (14) mustang-snowfall-jomsome-himpate (16) mustang-snowfall-jomsome-himpate (17) mustang-snowfall-jomsome-himpate (18) mustang-snowfall-jomsome-himpate (19)

कमेन्टहरु
Loading...