मुस्ताङका दुबै प्रदेश क्षेत्रमा एमालेका उमेद्वार विजयी

पोखरा, २२ मंसिर /मुस्ताङमा प्रतिनिधि सभामा विजयी भएका एमालेका उमेद्वारले प्रदेशसभामा पनि दुबै क्षेत्र जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ख मा वाम गठठबन्धन कै महेन्द्र बहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्द्धी काँग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन् । प्रतिनिधि सभामा एमाले कै प्रेम तुलाचन विजयी भएका छन् ।

महेन्द्र बहादुर थकाली, प्रेमप्रसाद तुलाचन, इन्द्रधारा विष्ट
महेन्द्र बहादुर थकाली, प्रेमप्रसाद तुलाचन, इन्द्रधारा विष्ट
कमेन्टहरु
Loading...