संसारको उत्कृष्ट १० पर्यटकीय गन्तब्यमा मुस्ताङ

सागर राज तिमिल्सिना
पोखरा, ८ पुस/मुस्ताङ बिश्वका उत्कृष्ट १० पर्यटकीय गन्तब्यमा परेको छ । नेपालको सिमाना भित्र परेपनि “लिटिल तिबेट अथवा द लाष्ट फरविडन किङडोम” भनेर उपल्लो मुस्ताङलाई बिश्वका दश उत्कृट गन्तब्य मध्ये तेस्रो नम्वरमा राखिएको हो । लोन्ली प्लानेट सस्थाले अन्तिम अर्धनिषेधित अधिराज्य “लिटिल तिबेट अथवा द लाष्ट फरविडन किङडोम” हेर्ने अन्तिम अवसर भएकाले पर्यटकका लागि नपुगी नहुने गन्तब्यका रुपमा समेत ब्याख्या गरेको छ । नेपालको उत्तरी सिमानामा रहेर पनि भाषा, सस्कृति, मौसम, भु–वनोट तिब्बत जस्तै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१३ का लागि प्रकाशित उत्कृष्ट गन्तब्यमा फ्रान्सको कोरसिक, इजराएलको द नेग्याम, नेपालको मुस्ताङ क्रमश पहिलो दोस्रो र तेस्रोमा रहेका छन । “लोन्ली प्लानेट संसारमा सबैभन्दा बढि बिक्रि हुने ट्राभल बुक हो, यस सस्थाले अधिकारीक रुपमै नेपाल र मुस्ताङलाई उत्कृष्ट १० गन्तब्यमा राखेका खुसि लागेक नेपाल पर्यटनवोर्डका मिडीया संयोजक सरद प्रधानले बताए । बिदेशीका लागि पुर्ण रुपले निषेधित भएता पनि सन १९९२ बाट उपल्लो मुस्ताङ केहि हजार बिदेशीका लागि प्रति ब्यक्ति ७ सय डलर १० दिन भित्र पदयात्रा गर्ने गरि निश्चित पर्यटकमात्र आउन दिने गरिएको थियो । सरकारको निति अनुसार पछिल्ला बर्षहरुमा १० दिनका लागि प्रति ब्यक्ति ५ सय डलर लिएर धेरै पर्यटकलाई अनुमति दिएर भ्रमण गर्न दिन थालिएको छ ।

लोन्ली प्लानेटले हालै आफनो बेवसाइड मार्फत यसलाई महगो पदयात्रा अनुमतीपत्र समेत भएकाले नेपाल सरकारले सहज बनाउदै लैजाने अपेक्षा राखेको छ । संस्थाको वेवसाइडमा भनिएको छ, मोटरबाटोले जोडिए पछि यो र्दुगम भेगमा पदयात्राका दृष्टिकोणले ब्यापक परिर्वतन आउने छ । मुस्ताङ बिकासका चार आधार कृषि, पर्यटन, पर्यावरण र भौतिक पुर्वाधार” भन्ने नारा साकार पार्न गुरुयोजना तयार गर्ने जमर्को गरिरहेका बेला यस्तो खुसिको बनाएको मुस्ताङका स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देलले बताए ।

कमेन्टहरु
Loading...