‘चील कामरेड’लाई ‘मट्यांग्रो’ हान्दै मुस्कान पासाका नाती !

९ साउन, काठमाडौं । नेपाल टेलिभिजनको हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा मुस्कान पासाको नाती अर्थात फसिलाल नामले चर्चित कलाकार कुमार श्रेष्ठ व्यंग्य लेखनमा पनि उत्तिकै खप्पिस हुनुहुँदोरहेछ ।
muskan-pasaरेडियो अडियोमा बिभिन्न हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्ने कुमारले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दललाई चील भनेपछि ब्यंग्यको झटारो हान्दै एउटा कविता लेख्नुभएको छ ।
केही दिनअघि भएको विस्तारित बैठकमा प्रचण्डले आफ्नो पार्टी कुखुरा नभएर चील भएको बताउनुभएको थियो । आकाश-जमीन सबैतिर पुग्न सक्ने र दूरदर्शी विचार भएको अर्थमा उहाँले यस्तो भन्नुभएको थियो । तर, हास्यव्यंग्य कलाकारहरुका लागि प्रचण्डको यो भनाइ व्यंग्य गर्ने मसला बनेको छ । त्यसैले कलाकार कुमार श्रेष्ठले पनि यस्तै व्यंग्य गर्दै कविता कोर्नुभएको हो ।
उहाँको कविता यस्तो छ:
कम्रेड तपाईले भन्नुभएको एकदमै ठीक हो,
कम्रेड तपाई चिल नै हो, हामी जनता कुखुरा नै हौं ।
जमिन ख्रोस्रेर जीवन धान्न हामीलाई तपाईले भने जस्तै धौ-धौ छ ।
तपाईं पो चिल, जंगलमा पनि रमाउनु भो,
शहरमा आफ्ना सबै रहर पूरा गर्नु भो ।
जे खान मन लाग्छ त्यै चाख्नु भो ।
जे लाउन मन लाग्छ त्यै पाउनु भो ।
तपाई चैं चिल, हामी जनता कुखुरा ।
नयाँ नेपालको गणतन्त्रमा यही जोकतन्त्र ।
कम्रेड तपाईंले भन्नु भएको एकदमै ठीक हो, कम्रेड तपाई चिल नै हो ।
हामी जनता कुखुरा नै हौं ।
उहिले उहिले कम्रेड तपाई जंगलको चिल हुँदा,
ठाउँ ठाउँका बैकबाट पैसा टिप्नु भो, सुन च्याप्नु भो ।
उद्योगी व्यवसायीबाट चेक र चन्दा पाउनु भो ।
सकी नसकी बाँचेका गरीब किसानका घरबाट बन्दुक तेर्साएर भए पनि दालभात ढकार्नु भो ।
कहिले कुखुरै रेट्नु भो,
कहिले खसी बोका नै छिनाउनु भो ,
कहिले राँगालाई आहारा बनाउनु भो ।
हामीलाई थाहा छ कम्रेड यत्ति पनि नगरेको भए जंगलमा जीवन कसरी चल्थ्यो र ?
अहिले यी सबै कुरा सम्झदा कम्रेड तपाईंले भन्नु भएको साँच्चै नै हो, तपाईं चिल नै हो ।
हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।
तपाइर्ंले एकदम सही भन्नुभो कम्रेड तपाई चिल नै हो ।
बनबासमा हुँदा पनि तपाईका खुट्टाले कहिल्यै दुःख पाएनन् ,
तपाई कि उड्नु भो , कि गुड्नु भो, कि चढ्नु भो ,
रोल्पा पुग्दा घोडा चढ्नुभो,
दिल्ली पुग्दा उड्नु भो ,
कार्यकर्ताका हातमा बन्दुक दिएर आफुले चैं स्याटलाइट फोन बोक्नुभो
देशमा आगो सल्किँदा आफैं चैं ,
कहिले दार्जिलिङ्ग त कहिले दिल्ली पुग्नुभो
यसो पुराना कुरा सम्झिदा पनि कम्रेड तपाई त हामीलाई चिलै लाग्छ ।
हो कम्रेड हो तपाइँले भन्नु भएको साँच्चै नै हो तपाईं चिल नै हो
हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।
तपाईले एकदम सही भन्नुभो कम्रेड, तपाई चिल नै हो ।
हामी जनतालाई कुखुरा बनाउनु भो,
लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो । भोकतन्त्र बनाउनु भोे ।
लाजिम्पाटमा मात्रै समस्या देख्नु भो ।
आफ्नो वरिपरि मात्रै बिरामी भेट्नु भो ।
त्यै भएर कम्रेड सीता बिरामी हुँदा सिंगापुर पुग्नुभो
आफ्नै कार्यकर्ता नेता थला परेको कुरा बिर्सनु भो ।
बरु खुर्सिदलाई भेट्न चिल झैँ उडेर द्वारिका होटलमा पुग्नु भो
भगवानको लिला अपरम्पार छ कम्रेड तपाई पक्कै चिलै हो ।
हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।
तपाईंले एकदम सही भन्नुभो कम्रेड तपाई चिल नै हो ।
हामी जनतालाई कुखुरा बनाउनु भो,
छोराले घरमा भटाभट बुहारी थपे तपाई चुप लागेर बस्नुभो
कपालमा जेल, हातमा आइफोन बोक्ने भाग्य तपाईंले नै पाउनु भो
लाजिम्पाटको बंगलमा बास भो
सडकमा हिँड्दा पनि सेना पुलिस साथमा चिलकै गतिमा हिँड्ने शान तपाईं कै भो
तपाईंले भन्नु भएको साँच्चै नै हो
तपाईं चिल नै हो
हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।
तपाइर्ंले एकदम सही भन्नुभो कम्रेड तपाई चिल नै हो ।
हामी जनतालाई कुखुरा बनाउनु भो,
लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।
प्रकाशलाई लभवर्ड बनाउनु भो ।
कांग्रेसलाई ब्रोइलर कुखुरा ठान्नुभो
एमालेलाई सुगा ठान्नुभो
मधेशादी पार्टीलाई गिद्ध ठान्नुभो
जनजातिलाई आफ्नै पेवा ठान्नु भो ।
रेखालाई मयुर ठान्नुु भो , सँगै नाच्नुभो
तपाईंले भन्नुभएको साँच्चै नै हो,
हामी जनतालाई तपाईंले कुखुरा बनाउनु भो,
लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो । तर तपाईं आफैं चैं चिल नै हो
सर्वहाराको नेता बन्नुभो तर बस्नलाई महल छान्नुभयो
वाईसीएल नामको अण्डा पार्नुभयो
चल्लाहरुलाई कक फाइट गराउनुभयो
फाईदा र आनन्द आफैंले लिनु भो ।
कम्रेड तपाईं चिल नै हो ।
आफैं चिल भएपछि लोडसेडिङ्ग के मतलव
लोडसेडिङ्ग १८ घण्टा पुर्‍याउनुयो
तपाईले एकदम सहि भन्नुभो कम्रेड तपाईं चिल नै हो ।
वैद्य बालाई भँगेरा ठान्नुभो
बाबुराम काकालाई काग ठान्नुभो
नारायण सरलाई लाटोकोसेरो मान्नुभो
हामी जनतालाई कुखुरा बनाउनु भो, लोकतन्त्र र गणतन्त्रलाई जोकतन्त्र बनाउनु भो ।  cp. onlinekhabar.com

कमेन्टहरु
Loading...