देशभर पानी पर्ने, पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, २४ असार/ नेपालमा मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गएकाले मंगलबार पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।

मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशका धेरैजसो भूभागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पश्चिमका धेरैजसो भूभाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ ।’

मंगलबार राति पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । भारतमा बनेको मनसुनी न्यूनचापीय रेखा (मनसुनमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सर्दै गइरहेको केही दिनदेखि नै नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।

असार २४ गते (मंगलवार)

दिउँसो- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २५ गते (बुधवार)

दिउँसो- देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केहि भू-भागमा वर्षाको सम्भावना छ। देशको १/२ स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २६ गते (बिहिबार )
दिउँसो- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

 

कमेन्टहरु
Loading...