पोखरा अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला हुने

सागर राज तिमिल्सिना
पोखरा, २० भाद्र/नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग तथा विभिन्न संघ–संस्थाको सहभागितामा आधुनिक मूर्तिकला कार्यशाला पोखरामा हुने भएको । आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलन गरि पोखराको कोमागाने पार्कमा खुल्ला मूर्तिकलाको बगैंचा बनाउन लागी असोज १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका मुर्तिका विभागका ओम खत्रीले जानकारी दिए ।murti kala
मूर्तिकला कार्यशालमा स्वदेशी तथा विदेशी मूर्तिकार गरी जम्मा १५ जनाको सहभागिता रहनेछ । कार्यशालाले पर्यटकीय गन्तव्यका रुपमा योगदान, आर्थिक विकासमा मात्र नभई देशको साँस्कृतिक वैभवलाई अभिवृद्धि गर्न समेत थप योगदान उनको विश्वास छ । नेपाली आधुनिक मूर्तिकलाको विकासमा उत्साह प्रदान गर्र्ने मात्र नभई उक्त स्थानको वातावरणीय सौन्दर्यलाई समेत टेवा पु¥याउने उनले बताए ।
१५ दिनमा १५ वटा मुर्ति निमार्ण हुने उनले बताए । प्रत्यक्ष मूर्ति रचना गर्ने विधि र कलाकारको दृष्टिकोण बारे जानकारी लिने अवसर यस कार्यशालाबाट मिल्नेछ । निमार्ण गरिएका मुर्ति खुल्ला मूर्तिकला बगैंचा एवं मूर्तिकला सङ्ग्रहालय स्थापनाले ऐतिहासिक एवं साँस्कृतिक कलाको अध्ययन स्थल, पर्यटकीय गन्तव्य जस्तो महत्वपूर्ण स्थल बनाउने बताए । कार्यशालाका लागी करिब ४० लाख खर्च लाग्ने स्थानीय संयोजक सुर्य भुजेलले बताए ।
 

कमेन्टहरु
Loading...