मृगौलापिडित भूश्रीलाई युएईबाट ८२ हजार सहयोग

पोखरा, भाद« २७ गते/कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणका लागी तमू प्ये ल्हु संघ युएई शाखाबाट पनि सहयोग प्राप्त भएको छ । अगष्ट ९ तारिख विश्व आदिवासी दिवसको दिन बसेको युएई शाखाको बैठकमा मृगौलापिडित तमूको उपचारको लागी युएईमा संकलित ८२ हजार रुपैया शाखाका कोषाध्यक्ष ओम प्हच्यु तमू र सहयोग रकम संकलन अभियन्ता ज्ञान वहादुर मिगी लम तमूले संयुक्त रुपमा युएईमा कार्यरत भूश्रीका जेठा छोरा धन वहादुर तमूलाई हस्तान्तरण गर्नुभएको थियो ।भूश्रीको मृगौला उपचारको लागी युएई शाखाबाट २६ हजार र लमजुङ पस गाउँ भई हाल पोखरा घर भई युएईमा कार्यरत ज्ञान मेगी लम तमूको सक्रियतामा संकलित ५४ हजार रुपैया गरी जम्मा ८२ हजार भूश्रीका छोरा धन वहादुर तमूलाई हस्तान्तरण गरेको युएई शाखाका अध्यक्ष एक्काजंग तमूले जानकारी दिनुभयो ।
०६९ साल पौष महिनामा काठमाडौँमा स्वस्थ्य परिक्षणको क्रममा मृगौलामा खराब देखिएका ४१ वर्षिया भूश्रीलाई सहयोग गर्न चाहनुहुनेहरुले हिमाली बैँक न्युरोड पोखराको खाता नम्वर ०१६०४३२८९९००१२ मा जम्मा गर्न सकिने उहाँका श्रीमान् सूर्य तमूले जानकारी दिनुभयो ।
यसैवीच तमू प्ये ल्हु संघ युएई शाखाको बैठकले युएईमा रहने प्ये ताँ ल्हुँ ताँवादी तमूहरुको लागी शाखाको छाप हुनेगरी टिसर्ट प्रिन्ट गर्ने निर्णय समेत गरेको शाखा अध्यक्ष एक्काजंग प्ल्हेँ तमूले जानकारी दिनुभयो ।
यसअघि तमू प्ये ल्हु संघ कुवेत शाखाबाट भुश्रीको मृगौला उपचारको लागी दुई लाख ५० हजार भन्दा धेरै आर्थिक सहयोग प्राप्त भइसकेको छ ।
तमू प्ये ल्हु संघ युएई शाखाका अध्यक्ष एक्काजंग प्ल्हेँ तमूको अध्यक्षतामा वसेको वैठकमा शाखाका सदस्यहरु सवै तमू भेषमा उपस्थित रहेका थिए । संरक्षक कर्णेल राज च्हमु्र तमू, सल्लाहकार यम तमू, श्याम तमू, सरिता तमू र महासचिव राकेश लेम तमू र सहकोषाध्यक्ष मुक्ति टु तमू लगायतले वोल्नुभएको थियो ।
यसैवीच अगष्ट ९ तारिख आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ युएई शाखाले आयोजना गरेको विशेष कार्यक्रममा तमू प्ये ल्हु संघ युएई शाखा र तमू समाज युएईका सदस्यहरु तमू भेषभुषा र सोरठी नृत्य लिएर कार्यक्रममा सहभागिता जनाएका थिए ।

कमेन्टहरु
Loading...