मृगौला तस्कर मध्ये १० जनालाई जिप्रका काभ्रे द्वारा सार्बजनिक

शुभश्री अधिकारी, धुलिखेल ! /विगत २० बर्षेखि मृगौला तस्करीमा संलग्न मध्येका १० जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरी र्सार्वजनिक गरेको छ ।होक्से १ का प्रेम बजगाई, पनौती ९ का मनोज राउत, नुवाकोट मादनपुर १ की मिना दर्जी, सोही स्थानका कृष्णबहादुर दर्जी, ललितपुर २१ का सचिन महर्जन, ललितपुर ११ का सानुलाल महर्जन, तनहुँ मिर्लुङका कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस ४ का सुमन श्रेष्ठ, पाँचखाल ६ राजन दर्जी र काठमाडौँ ८ का विनोद ढकाल पक्राउ परेका हुन् । पक्राउ परेका बजगाई पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै पक्राउ परेका पनौती ९ का मनोज राउत भने ३५ हजार धरौटी तिरेर रिहा भइसकेका छन् ।

प्रहरीले मिनालाई धुलिखेल, बजागाई, राउत, सचिन, सानुलाललाई आफ्नै घरबाट र कुमारलाई न्युरोडबाट पक्राउ गरेको थियो । उनीहरु सबैलाई मानव बेचविखन तथा ओसारपसार ऐन अर्न्तर्गत मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल र्घर्तीले जानकारी दिए । जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान लगायतका क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १ सय नाघिसकेको छ । २० बर्षेखि सुरु भएको मृगौला बेचविखन अझै रोकिएको छैन । बेच्नेलाई २ लाखसम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको बताइएको छ ।cp. nepalikoradio.com

कमेन्टहरु
Loading...