मुनाल सहकारीको पाँचौ वार्षिक साधारण सभा

पोखरा १५ भदौ । पोखराको सभागृहचोकमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । संस्थाले आ ब २०६९ असार मसान्तसम्म ५ करोड ५५ लाख निक्षेप संकलन, ७ करोड ७५ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आ.ब.को तुलनामा निक्षेपमा १५∞, कर्जामा २८∞ ले बृद्धि गरेको छ । ३५२ जना सदस्यहरु रहेको यस सहकारीको चुक्ता पुंजी ४ करोड ८ लाख ५० हजार रहेको छ भने ४४∞ महिला सदस्यहरु रहेका छन । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष, विनोद ढुंगाना, सचिव रविन्द्रप्रसाद मैनाली र कोषाध्यक्ष दुर्गाप्रसाद हुमागाईबाट प्रस्तुत बार्षिक प्रतिवेदनलाई साधारण सभामा उपस्थित सम्पूर्ण सेयर सदस्यहरूले छलफल गरी पारित गरेका थिए ।
कार्यक्रममा उद्योगपति गणेशबहादुर श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संघ लि. कास्कीका अध्यक्ष भीम गुरुङ,ओम फाईनान्स लिमिटेडका महाप्रवन्धक बुद्धि मल्ल ,गरिमा विकास वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल, कास्की फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतका बत्ताहरुले शुभकामना ब्यक्त गरेका थिए । संस्थाका सचिव रबिन्द्रप्रसाद मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मेघनाथ काफ्लेले स्वागत मन्तब्य, कोषाध्यक्ष दुर्गाप्रसाद हुमागाइले संस्था परिचय कर्जा समितिका संयोजक दिलीपराज श्रेष्ठले धन्यवाद ज्ञापन र शिक्षा समितिका संयोजक श्यामकुमार लामिछाले सहकारीका ७ सिद्धान्त वाचन गर्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष विनोद ढुंगानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...