कास्कीबाट मुक्तिनाथ सम्म विश्वकै लामो केवुलकार बन्ने

पोखरा, १ फागुन /मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

विज्ञप्तिका अनुसार नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागेको मुक्तिनाथ केवुलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको छ । आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रालिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ ।

सम्झौता अनुसार, कुल जारी पूँजी मध्ये २० प्रतिशत सेयर आइडिया फर नेपाल प्रालिको रहनेछ । आइडिया फर नेपाल ४५ देशका दुई हजार भन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यावसायीहरु समेतको लगानी रहेको छ । कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको केवुलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा ६ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ ।

कास्कीको वीरेठाँटीदेखी मुक्तिनाथ सम्म केवुलकारमा सरर ! (यस्तो बन्दैछ)

बीचमा तिखेढुंगा, घासा र मार्फामा समेत चढ्ने र ओर्लने सुविधा हुनेछ । कम्पनीले जनाए अनुसार, परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन भइसकेको छ । सो निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याकंन कार्य पनि द्रुत गतिमा अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्मको अध्ययन अनुसार परियोजनामा निर्माण कालीन ब्याज बाहेकको परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पन्ध्र प्रतिशत जारी पुँजी (ईक्विटी) र बाँकी पचासी प्रतिशत कर्जा रहने विज्ञप्तिमा जनाइएको छ ।

३४ अर्व लगानीमा वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार चल्ने

कमेन्टहरु
Loading...