मौसम विभागको अनुमान पहाडमा हल्का वर्षा, हिमालमा हिमपात

पोखरा, २७ कात्तिक/ मौसम विभागले प्रकाशीत गरेको तीन दिन पुर्व अनुसारमा पहाडमा हल्का वर्षा हुने तथा हिमाली क्षेत्रमा हिमपात पर्न सक्ने अुनमान गरेको छ ।

कार्तिक २७ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी भुभाग साथै मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदलि रहने, बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडि भेगका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ, उच्च हिमाली भुभागमा हल्का हिमपातको संभावना छ।

राती- पुर्वी तथा पश्चिमी पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ, बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

कार्तिक २८ गते (बुधबार )

दिउँसो- देशको पहाडी भु-भागमा आंशिक बदलि रहने, बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडि भेगका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ, उच्च हिमाली भुभागमा हल्का हिमपातको संभावना छ।

राती- पश्चिमी तथा पुर्वी पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ, बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

कार्तिक २९ गते (बिहिबार )

दिउँसो- पश्चिमी तथा पुर्वी पहाडी भेगमा आंशिक बदलिको संभावना छ, बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

राती- पुर्वी पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ, बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

कमेन्टहरु
Loading...