मोटोपन घटाउनेलाई दुबईमा ५४ सय अमेरिकि डलर उपहार

उमाकान्त पाण्डे गाउंले/६ साउन, दुबई । स्वथ्य जीवनशैलीको प्रबर्दन भन्दै दुबई नगरपालिकाले प्रत्येक ३० दिने चुनौतीमा घट्ने एक किलो तोल बराबर चार हजार रुपैया प्रदान गर्ने भएको छ ।

दुबइमा मुसलमान हरुको पवित्र चाड रमादानको अवसर पारेर सुरु गरिएको सो प्रतियोगितामा भाग लिन इच्छुकले शुक्रबार देखी नै नाम र आफ्नो तौल दर्ता गरि सकेका छन । यस् को लागि कुनै आधार राखिएको छैन । प्रतियोगितामा जो कसैले पनि सहभागिता जनाउन सक्ने छन ।

दुबइ नगर पालिकाका महानिर्देशक हुसेन लुटाहाले ‘तपाईंको तौल सुनमा’भन्ने योजना घोषणा गरेका हुन ।

दुबइमा रहेकी फेसन पत्रकार लुइस फेस्टरका अनुसार दुबइका बासिन्दा विलासिता तिर लागेकोले भद्दा पन बढेको भन्ने तथ्य प्रस्तुत गरेकी छन । मान्छेको त्यही बढ्दो भद्दा पन घटाउन यस्तो योजना ल्याइएको हो ।

‘तपाईंको तौल सुन मा’ भन्ने योजनाको ३० दिनमा ३ जनालाई छनौट गरिने छ । छनौटमा परेका उनीहरुलाई ५४ सय अमेरिकी डलर पुरस्कार दिईने छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...