छोराको कुटाइबाट आमाको मृत्यु

नेपालगन्ज, माघ २८ – अम्मली छोराको निर्मम कुटाइबाट बाँके जिल्ला कारकादो गाविस—२ कि ४० वर्षीया कमरुन निसाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार साँझ लागु औषध सेवनका लागि रकम नदिएको रिसमा छोरा जलिल नाउले आमालाई मरणासत्र हुनेगरी कुटेका थिए   कुटपिटबाट गम्भीर घाइते बनेकी कमरुनको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अभियुक्त जलिललाई पक्राउ गरिएको छ ।

यसैगरी नेपालगन्ज—४ निवासी १५ वर्षीया किशोरी काजल गुप्ताले आफ्नो कोठामा आत्महत्या गरेको जनाइएको छ ।

 

कमेन्टहरु
Loading...