मोटर साइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

बुटवल, १६ जेठ /बुटवल उपमहानगरपालिका ११ बसपार्क नजिकैको सडकमा मोटर साइकलको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ ।

लु १८ प ८६ नम्बरको मोटरसाइकलले नाम नखुलेका पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु भएको हो । ठक्कर दिदा घाईते भई उपचारको लागी लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सवलाई लुम्बिनी अञ्चल अस्पतालमा राखीको छ भने मोटरसाइकल चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...