पोखरामा नयाँ मोटरसाइकल शोरुम

पोखरा ८ माघ/पोखराका मोटरसइकल प्रयोगकर्ताहरुले अव नयाँ कम्पनीको मोटरसाइकल प्रयोग गर्न पाउने भएका छन । अन्ना अटोमोवाइल कम्पनीले इन्डियन, युरोपियन क्लासको मोटरसइकल पोखरामा भित्राए पछि मोटरसाइकल सौखिनहरुले अव नयाँ पिजियो मोटरसाइकल प्रयोग गर्न पाउने भएका हुन् ।पोखराको भौगोलिक बनावटलाई सुहाउदो र धेरै माइलेज दिने मोटरसाइकल तथा स्कुटर पोखरामा रवि अटोमोवाइलले ल्याएको हो । कम्पनीको १ सय १५ सि सि मोटरसाइकलको मुल्य २ लाख ११ हजार तोकिएको छ । सो रुम सन्चालनको अगवसरमा प्रत्येक मोटरसइकलको खरिदमा ५ हजार देखि १० हजार रुपैया छुट, हेल्मेट तथा लेगाड फ्रि उपलब्ध गराउने रवि अटोमोवाइल्सका प्रोपाइटर टिका कुमारी गुरुङ्गले जानकारी दिइन् ।

उनले विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कुटर प्रयोग गरिरहेका पोखरेलीका लागी नयाँपन दिनका लागी उक्त कम्पनीको मोटरसाइकल भित्रयाएको बताइन् । कम्पनीले आइ साइन हनड्रेड नामक स्कुटर पनि ल्याएको छ । करिव ४० किलोमिटर सम्म माइलेज दिन उक्त स्कुटरको मुल्य १ लाख ४९ हजार रहेको छ । कम्पनीले बजारमा चार मोडलका मोटरसइकलहरु ल्याएको अन्ना अटोमोवाइल्स कम्पनीका डाइकेक्टर दिपककाजी तुलाधरले बताए ।

उनले नेपालमा केहि समय अगाडि मात्र भित्रिएको यस कम्पनीको बाइकले छोटो समयमा धेरै विक्रि गरि नेपालीको मन जित्न सफल भएको दावी गरे । उनले काठमाडौँ, धरान, नारायघाट, चितावन लगायतका ११ ठाउँमा शोरुम खोलिसकेको जानकारी दिए ।

कमेन्टहरु
Loading...