स्थानीयको सहभागीतामा वाटो निर्माण

पोखरा, ६ जेठ/ पुम्दी भुम्दी गाविस को वडा नं ६ कालावाङ स्थीत टारीडाँडा देखी चण्डी डाँडाँसम्म ८०० मि लामो पैदलमार्ग स्थानीय वासिन्दाको चन्दा संकलन र श्रमदान वाट निर्माण कार्य सम्पन्न भएको छ । १मिटर चौडाई रहेको उत्त पैदलमार्गको एक समारोहका विच स्थानीय समाजसेवी वलमान गुरुङ्ग ‐एम–एम) ले समुदघाटन गर्नुभयो ।

स्वस्र्फुत रुपमा स्थानीय व्यक्तीहरुवाट १लाख ७२ हजार नगद अर्थ संकलन र वाँकी श्रमदान गरी कुल २ लाख ९ हजार ७ सयको लागतमा वाटो निर्माण कार्य सम्पन्न भएको हो । वाटो निर्माणको लागी सांगितिक व्याण्ड नेपथ्यका प्रमुख अमृत गुरुङ्गले सर्वाधिक रु ४०,००० नगद आर्थिक सहयोग गर्नुभएको थियो । सम्पन्न उद्घाटन समारोहमा वोल्दै वाटो निर्माण समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङ्गले आगामी दिनहरुमा विकास निर्माण कार्यक्रमहरुमा जनचेतनाको विकास गर्दै एकतावद्ध रुपमा योजना तर्जुमा र कार्यन्वयन गर्न सफल हुने प्रष्ट पार्दै निर्माण सम्पन्न गर्नका लागी चन्दा, वाटोमा पर्ने जग्गा, ढुंगा, श्रमदान र खाजाको व्यवस्था गर्ने सवै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै कार्यक्रममा वोल्दै लेक्चरर प्रेम वरालले स्थानिय जनसहभागिता वाट सम्पन्न भएको वाटो निमार्ण कार्यको सवैले अनुकरण गरेर थप विकास निर्माणका कार्यमा जुट्नुपर्ने वताउनुभयो । कार्यक्रममा समितिका सचिव पदमचन्द्र पौडेलले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...