जन्मदिनमा मोटर साइकल जिते

पोखरा, २ माघ/भाटभटेनी सुपर स्टोर पोखराले सन्चालन गरेको लक्की ड्रमा चितवन टाडीका अजुर्न प्रसाद बास्तोलाले मोटरसाइकल जितेका छन् । दशै तिहार देखि माघ एक सम्म सन्चालन भएको लक्की ड्रमा बास्तोलाले बजाज मोटर साइकल जितेका हुन् ।

करिब एक लाख ग्राहकाले लक्की ड्रमा सहभागी भएका थिए । भाटभटेनी सुपर स्टोरमा एक हजार बराबरको खरिदमा एक कुपन ग्राहकले पाउने व्यवस्था थियो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सजिव बहादुर कोइरालले लक्की ड्र तानेका थिए ।

आज बाटै ४१ वर्षमा प्रबेश गरेका बास्तोलाले जन्म दिनका दिन मै मोटर साइकल जितेका छन् । वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्यापनरत बास्तोलालाई वाणिज्य संघका अध्यक्ष कोइरालाले मोटर साइकल प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...