Ganthan News Pokhara
All news from Pokhara & around

मञ्जुरी बिना विवाह गर्नेलाई दुई वर्ष कैद

0

पोखरा, २६ साउन / भदौ १ देखि मुलुकी अपराध संहिता ऐन २०७४ लगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन् । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय ऐनमा व्यवस्था छ ।

नयाँ व्यवस्था अनुसार बहुविवाह गर्ने पुरुष वा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग महिलाले विवाह गरेमा यसलाई अपराध हुने कानुनमा व्यवस्था छ । यस्तो कार्य गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रूपैंयादेखि पचास हजार रूपैंयासम्म जरिवाना नयाँ कानुनमा व्यवस्था गरेको छ ।

त्यसै गरि मञ्जुरी बिना विवाह गर्न वा गराउएमा मञ्जुरी विना भएको विवाह बदर हुनेछ । जर्वरजस्ति विवाह गराउनेलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ व्यवस्था छ ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...