८६ वर्षका सगरमाथा आरोही मीनबहादुर शेरचनको निधन

काठमाडौं, २३ वैशाख /विश्वकै सबैभन्दा बढि उमेरका सगरमाथा आरोही बन्न लागेका मीनबहादुर शेरचनको निधन भएको छ। ८६ वर्षको उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय आरोही शेरचनको शनिबार निधन भएको हो।

म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनाका पूर्व गोर्खा सैनिक शेरचन सगरमाथा आरोहणका लागि गत वैशाख ३ गते सात सदस्यीय टोलीको नेतृत्व गरेर सगरमाथा आरोहणमा हिँडेका थिए। शेरचनको आधार शिविरमा बिहान ५ बजेर १४ मिनेट जाँदा निधन भएको पर्यटन बिभागले जानकारी दिएको छ।

शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चेसम्म गएका थिए। यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेका थिए। सन २००८ मा ७६ वर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षिय युचिरो मिउराले गरेको किर्तीमान तोडेर सगरमाथाको शिखर चुम्ने गर्ने सबैभन्दा जेष्ठ आरोहीको उपाधि पाएका थिए।

सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि शेरचनको किर्तीमान खोसिएको थियो।

कमेन्टहरु
Loading...