पूर्वसभासद मियाको हत्या अभियोगमा पत्नीसहित तीनजना पक्राउ

२४ जेठ, काठमाण्डौ । पूर्वसभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा मियाकै पत्नीसहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले कल्याणपुर-२ मा रहेको घरवाट मियाकी पत्नी ५० वर्षीय नुर जहाँ खातुन हकलाई शुक्रवार पक्राउ गरेको हो ।

aa

उनीसंगै हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले हककी छोरी १९ वर्षीया रुवेदा खातुनलाई कल्याणपु-२ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न सिरहाको चतरी-६ घर भई लहान नगरपालिका-५ पानीट्याङ्की बस्ने ४० वर्षीय अब्दुल रउफलाई लहानबाट पक्राउ गरेको जनाएको छ ।प्रहरीको टोलीले सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा शुक्रवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले हकको हत्यामा संलग्न रुवेदाका प्रेमी लहान-५ का ३७ वर्षीय जमिरुल शेख र सिरहा चतरी-२ का ३२ वर्षीय एनुल शेख भने फरार रहेको जनाएको छ । रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि बुबा हकको सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

पूर्वसभासद् हकको मोबाइल, सिमकार्ड र पकेट चक्कुका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गरिएको प्रहरी उपरिक्षक इश्वरवावु कार्कीले जानकारी दिनुभयो । अभियुक्तहरुले पाँच महिनाअघि हकको हत्या गर्ने योजना बनाएको त्यही योजनाअनुरुप छोरी रुवेदाले बुबाको हरेक गतिविधिबारे पे्रमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/79741/#sthash.v2PEodwp.dpuf

कमेन्टहरु
Loading...