प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव पार्टर्ीी होः महासचिव बोगटी

काठमाडौ, २८ माघ ।एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले प्रधानन्यायधिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव पार्टर्ीी भएको स्पष्ट पारेका छन् । रिपोर्र्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका उनले महाधिवेशन आयोजक समितिले अनुमोदन गरेको प्रस्तावलाई अध्यक्षले महाधिवेशनमै प्रस्तुत गरेकोले पनि यो प्रस्ताव पार्टर्ीीे भएको तर्क गरे ।

बोगटीले अध्यक्ष प्रचण्डले प्रस्ताव पार्टर्ीीे नभएको भनि आएको समाचार सत्य नभएको दावी गर्दै भने-हिजो राष्ट्रपतिसँगको छलफलमा यस्तो कुरा अध्यक्षले भन्नु भएकै छैन । बोगटीले बंगलादेशमा निर्वाचनलाई निष्पक्ष बनाउन संविधानमा नै चुनावी सरकारको नेतृत्व प्रधानन्यायधिसले गर्ने ब्यवस्था गरेको उल्लेख गर्दै नेपालको राजनीतिक अवस्थामा पनि जटिल भएकोले प्रधानन्यायधिसको नेतृत्व उपयूक्त हुने विश्लेषण सहित प्रस्ताव ल्याएको स्पष्ट पारे ।

उनले पार्टर्ीीे पछिल्लो प्रस्तावमा विपक्षी दलहरुसमेत सकारात्मक देखिएको भन्दै एक साताभित्रमा सहमति बन्न सक्ने सम्भावना पनि साक्षात्कारमा औल्याए । प्रधानमन्त्री बाबुराम भट्टर्राई नेतृत्वको सरकार तत्काल विदा हुन चाहेको उल्लेख गर्दै उनले एक साताभित्र प्रधानन्यायधिसको नेतृत्वको विषयमा सहमति गरे आफूहरु सरकार छाड्न हतारिएको बताए । प्रतिपक्षले उपयूक्त विकल्प नदिई अडान लिएकोले सरकारको आयू बढेको बोगटीको तर्क थियो ।

एमाओवादीको तर्फाट अन्तिम विकल्पको रुपमा प्रधानन्यायधिसको नेतृत्वको प्रस्ताव प्रस्तुत गरिएको स्पष्ट पार्दैै अब आफूहरुले कुनै विकल्प प्रस्तुत नगर्ने, विपक्षीलाई अमान्य भए आफै उपयूक्त विकल्प ल्याउन सुझाव दिए । आफूहरुको सबै विकल्पलाई अस्विकार गरेर विपक्षीले आफ्नो नेतृत्वको सम्भावना आफै टारेको दावी गर्दै बोगटीले प्रधानन्यायधिसको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियाको लागि संविधान संसोधन लगायतका सबै प्रक्रिया मिलाउने विषयमा छलफल गर्न विपक्षी दलहरुलाई आब्हान समेत गरे ।

 

कमेन्टहरु
Loading...