नेकपा-माओवादीद्वारा जग्गा कब्जा

नेपालगन्ज, जेष्ठ ३१ – नेकपा-माओवादीले शुक्रवार अपराह्न बाँके फत्तेपर-७ मा चारजनाको २९ बिगाहा जग्गा कब्जाको घोषणा गरेको छ ।

नेकपा-माओवादी सम्बद्ध अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले झण्डा तथा ब्यानर लगाएर जग्गा कब्जाको घोषणा गरेको हो । फत्तेपुर- ७ का पुनम शर्मा र ज्ञानी विष्टको संयुक्त नाममा रहेको १६ बिघा ८ कठ्ठा १० धुर र सुकैलाल बर्मा तथा उर्मिला देवी बर्माको नामको १३ बिघा जग्गा कब्जाको घोषणा गरिएको हो । सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता गरिएको आरोप लगाउँदै जग्गा कब्जा गरिएको हो ।

नेकपा-माओवादीका केन्द्रीय सदस्य आईपी खरेल र सेक्रेटरी नविन लगायत दर्जज बढी नेताहरु गएर जग्गा कब्जा घोषणा गरेका थिए ।

– See more at: http://www.ekantipur.com/np/2070/2/31/full-story/370057.html#sthash.1HgzufBw.dpuf

कमेन्टहरु
Loading...