मौषममा बदलीः तीन दिन मेघ गर्जन सहित र वर्षा

पोखरा, १५ चैत /पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भेगमा तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा गराउने उल्लेख ।

आज रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीले बदली र वर्षा गराउने छ । प्रणालीले खासगरी शनिबार र आइतबार बढी असर गर्ने देखिएको छ । ठूलो खालको प्रणाली विकसित नभए पनि बदली र मेघ गर्जन सहित क्षणिक वर्षा हुने छ ।

चैत्र १५ गते (शुक्रबार):

दिउँसोः पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा आंशिक  बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका एक दुइ स्थानहरुमा मध्यान्ह पछी  वा साझतिर मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। मध्य र पूर्वी हिमालि भेगका एक दुई स्थानमा हल्का हिमपातको संभावना छ।

रातीः पश्चिमि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने  बाँकि भू-भागहरुमा आंशिक बदलि रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

चैत्र १६ गते (शनिबार):

दिउँसोः पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक  बदली रहनेछ । पूर्वी पहाडी भेगका थोरै स्थानहरु र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानहरुमा  मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ।  हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

रातीः पूर्वि  र मध्य पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वि र मध्य पहाडी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।  हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

चैत्र १७ गते (आइतवार) :

दिउँसोः  पूर्वि  र मध्य पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वि र मध्य पहाडी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

राति: देशभरि नै आंशिक बदलि रहनेछ। पहाडि भेगका एक दुई स्थानमा क्षणिक वर्षाको संभावना छ।

कमेन्टहरु
Loading...