मतदाता मतदान प्रक्रिया सिकाउदै

पोखरा, ९ काक्तिक /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालयको आयोजनामा सिद्ध गाविसको वडा नं. ५, धामीगाउँमा कात्तिक ८ गते मतदाता सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक सवनम शर्माले मतदाता सचेतना सम्वन्धी सहजीकरण गर्दै मंसिर ४ गते हुने संविधान सभा निर्वाचनमा निर्वाचन आचार संहिता, मतदान गर्ने तरिका, मत बदर वा रद्ध हुने कारणहरु, आफुले इच्छाएको उम्मेदवार र राजनीतिक दललाई मत खसाल्न सकिने, मतदानमा गोपनीयता समेत कायम रहने भएकोले निधक्क भएर मतदान गर्न पनि अनुरोध गरिन् ।

madhanउनले राजनीतिक दलको घोषणापत्रको अध्ययन र घोषणा पत्रमा लेखिएका कुराहरुको पालनाका बारेमा पनि कुरा उठाउन जरुरी रहेको भन्दै राजनीतिक दलका कार्यकर्ताहरुले विगतमा गरेका गल्ती, कमी कमजोरी समेत औंल्याउनु पर्ने र गल्ती नदोहोर्याउने प्रतिवद्धता समेत गराउनु पर्ने बताईन् ।

वडा नागरिक मञ्चका संयोजक, जमुना वंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेकका सहजकर्ता विशाल सेनले कार्यक्रम सञ्चालन गरेका थिए ।कार्यक्रममा दर्शन आमा समूहकी कार्यवाहक अध्यक्ष जमुना वंशी (नानी), शिक्षक घनश्याम रेग्मीले महिलारु आफैं सचेत हुनु पर्ने, सहि आवाज उठाएर साथ दिनु पर्ने, आफ्ना लागि आफैंले नै पहल गर्नु पर्ने, नराम्रो कामहरु गरेमा विरोध गर्ने परिपाटीको विकास र सच्चाएर लान पनि जरुरी रहेको बताए । कार्यक्रममा ४ जना पुरुष र २२ जना महिलाहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...