मर्दीखोला नेपालद्धारा छात्रवृत्ति तथा विज्ञान सामाग्री तथा पुस्तक वितरण

पोखरा, ८ पुस। मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले सोमबार छात्रावृत्ति, विज्ञान समाग्री र पुस्तककहरु वितरण गरेको छ ।प्रतिष्ठानले सरकारी विद्यालयका ३१ जना विद्यार्थीहरुलाई छात्र वृत्ति वितरण गर्नुको साथै तिन विद्यालयलाई विज्ञान समाग्री र तिन विद्यालयलाई पुस्तकहरु सहयोग गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठान जापानका डाइरेक्टर सिन्जी आवे, संस्थापक सचिव तथा परिकल्पनाकार डा.राम गिरि, मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानकी अध्यक्ष तथा संविधान सभासद सिता गिरि र सचिव गोपाल गिरिले विज्ञान सामाग्री पुस्तक तथा छात्रावृत्ति वितरण गरेका थिए ।

प्रतिष्ठानले छात्रवृत्ति तर्फ एक लाख २० हजार तथा विज्ञान सामाग्री र पुस्तक तर्फ पाँच लाख ४५ हजारको सामाग्र वितरण गरेको थियो । जसमा जापानका यु–आना र हाया साका सान वाट पनि छात्रावृत्ति प्रदान गरिएको थियो ।प्रतिष्ठानका कास्की क्षेत्र नं.४ मा रहेका १५ वटा विद्यालयहरुमा सहयोग गर्दै आएको छ ।

कार्यक्रममा नेकपा एमाले हेमजा गाँउ कमिटिका अध्यक्ष चुडामणी तिमिल्सिना, माछापुच्छ«े शिक्षा क्याम्पसका प्राचार्य रामचन्द्र सुवेदी, विष्णुपादुका मावि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिता पौडेलले बोलेका थिए । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका सचिव गोपाल गिरिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विष्णुपादुका माविका प्रध्यानाध्यापक बुद्धिप्रसाद बाँस्तोलाले स्वागत र प्रतिष्ठानका सदस्य सूर्य भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विष्णुपादुका माविका विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

कमेन्टहरु
Loading...