क्यान्सरविरुद्धको लडाई जितेपछि मनीषाको बलिउडमा पुनरागमन

१९ साउन, काठमाडौं । क्यान्सरविरुद्धको लडाई जितेपछि बलिउड नायिका मनीषा कोइराला फिल्ममा पुनरागमनका लागि तयार छिन् । ५ महिनासम्म न्यूयोर्कमा गर्भाशयको क्यान्सरको उपचार गरेर मनीषा मुम्बई पुगेकी छिन् । उनी पूर्ण रुपमा स्वस्थ भइसकेका छिन् ।
manisha-koirala
मुम्बई पुगेपछि मनीषलले काम सुरु गरेकी छिन् , उनले एक फोटोशूट गरेर आफ्नो नयाँ पारीको शुरुवात गरेकी हुन् । यो फोटोशूट कफीटेबल बुकका लागि गरिएको हो ।
किताबमा मनीषालाई ‘इन्सपायरिङ वूमन’ अर्थात प्ररणादायी महिलाको रुपमा सहभागी गराइएको छ । ‘आइकोनिक वूमन अफ इण्डिया’ प्रोजेक्टका लागि मनीषाले राम्रा तस्वीरहरु खिचाएकी छिन् । मनीषासँगै किरण बेदीले पनि प्रोजेक्टका लागि फोटोशूट गरेकी छिन् ।
मनीषाका बाबु प्रकाश कोइरालाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनी आगामी दशैंमा नेपाल आउने तयारीमा छिन् ।
मनीषाले अमिर खान, शाहरुख खान, सलमान खान, अनिल कपूर, रजनीकान्त, कमल हसन जस्ता स्टारहरुसँग काम गरिसकेकी छिन् । विरामी हुनुअघि उनको अन्तिम फिल्म भूत-रिर्टन’ थियो । १९९१ मा सुभाष घईको सुपरहिट फिल्म सौदागरबाट बलिउडमा प्रवेश गरेकी मनीषाको दिल से, ए लव स्टोरी, कंपनी लगायतका चर्चित चलचित्रमा काम गरेकी छिन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...