मंगल ग्रहमा जाने ? आवेदनका लागि तयार रहनुस्

के तपाई मंगल ग्रहमा जान चाहनु हुन्छ ? यति त्यसो हो भने आवेदन दिन तयार हुनुस् । हल्याण्डको कम्पनी मार्स वानले छिट्टै आवेदन खोल्दैछ ।

mangal

तर, यसमा एक सर्त पनि छ । कम्पनीले यात्रा एकतर्फी मात्र हुनेछ । अर्थात तपाईलाई मंगल ग्रहमा लैजाने छ तर, र्फकनु कुनै व्यवस्था छैन । मार्स वानको योजना मंगल ग्रहमा मानव बस्ती बसाउने हो र यो मिशन २०१८ सम्ममा पूरा हुने उसको विश्वास छ । बीबीसीका अनुसार मार्स वानमा पहिल्यै हजारौं निवेदन आइसकेको छ । मंगल ग्रहमा जान चाहनेहरुले रियालिटी शोमा जस्तै छनोट प्रक्रिया पार गर्नु पर्नेहुन्छ, जुन टीभीमा प्रशारण हुनेछ ।

मार्स वानका संस्थापक ब्यास ल्याण्डडोर्पका अनुसार पृथ्वीबाट मंगल ग्रहमा जान ७-८ महिनाको यात्राका क्रममा अन्तरीक्ष यात्रीको हड्डी र मांसपेशीको वजन घट्नसक्छ । मंगलको निकै कमजोर गुरुत्वाकर्षण क्षेत्रमा समय विताएपछि आफूलाई फेरि पृथ्वीको वातावरण अनुसार ढाल्न पनि सम्भव हुँदैछ ।

अभ्यासमा सफल हुनेहरुलाई शारीरिक र नमोवैज्ञानिक प्रशिक्षण दिइनेछ । यो परियोजनामा जुटेको टिम सबै क्षेत्रमा रहेको प्रविधीको प्रयोग गर्छन् । उर्जा सोलार प्यानलबाट निकालिनेछ भने पानी रिसाइक्लिङ गरिनेछ । अन्तरीक्षयात्रीहरु आफैंले खाना बनाउनु पर्नेछ भने राशन पनि आफैंले व्यवस्था गर्नु पर्नेछ । हरेक दुई वर्षमा नयाँ मानिसहरु भेटिनेछ ।

मार्स वानको यो महत्वकांक्षी योजनाप्रति धेरैको आशंका छ । एरिजोना विश्वविद्यालयका डा. वेरोनिका ब्रेले मंगलको शतह मानवका लागि उपयुक्त नभएको भन्दै मार्सको योजना सफल हुनेमा शंका व्यक्त गरेका हुन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...