मनाङमा सिटी डेभलप्मेण्ट बैंकको शाखा

पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंक लिमिटेडले हिमाल पारीको जिल्लाबाट परिचित मनाङको चामेमा शाखा विसतार गरेको छ । शाखाको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोला र बैंकका अध्यक्ष राजेन्द्र कुमार बाटाजुले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो सहित बैंकका शाखाहरु ९ ओटा पुगेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।

सिटी मनाङमा शाखा बिस्तार गर्ने पहिलो निजी बैैंक भएको अधिकारीले बताए । ‘अन्य शाखाहरुमा जस्तै मनाङमा पनि सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध हुन्छ’ अधिकारीले भने, ‘लगानी र निक्षेप संकलनभन्दा पनि बैंकिङ् सेवा पु¥याउनुलाई ध्यान दिएर शाखा खोलिएको हो ।’ चामेमा नाफा भन्दा पनि सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सेवाका लागि शाखा खोलिएको उनको भनाइ छ । यस अगाडि मनाङमा नेपाल बैंक र कृषि विकास बैंकले बैकिङ्ग सेवा प्रदान गरिरहेका थिए ।

यसैबीच, शाखा उद्घाटनका क्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष मुल्मीले मनाङ जस्तो विकट क्षेत्रमा सिटीले बैकिङ्ग पहुँच पु¥याउनु सकारात्मक भएको बताए । त्यस्तै, अध्यक्ष बाटाजुले बैंकले छिटो छरितो सेवा बिस्तार गर्नुका साथै लघुवित्त कार्यक्रममार्फत बिना धितो ऋण लगानी समेत गरिने बताए । ‘निमुखा जनताले पनि बैंकिङ्ग सेवा पाउनुपर्छ’ उनले भने, ‘सवैको वर्गका जनताको पहुँच हुने गरी बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।’ त्यसैगरी बैंकले सोमबार एक विज्ञप्ति जारी गरी ‘युवासँग सिटी’ कार्यक्रम मार्फत युवा वर्गलाई लक्षित गरी लघुवित्त सेवा सञ्चालनमा ल्याएको केही समयमा नै उल्लेख्य रुपमा युवा वर्गलाई विभिन्न सिपमुलक तथा व्यावसायिक कामको लागि प्रभावकारी सेवा प्रदान गर्न सफल भएको बताएको छ ।

‘यस कार्यक्रमप्रति युवा वर्गको आकर्षण दिनानुदिन बढ्दै गएको छ’ विज्ञप्तिमा उल्लेख छ । १० जिल्ला कार्य क्षेत्रको स्वीकृति प्राप्त गरेको बैंकका हालसम्मका ९ मध्ये ६ वटा शाखा कार्यालयहरु गाउँ विकास समितिमा खोलिएका छन् । बैंकले गत चैत्र मसान्तसम्ममा रू २ अर्ब ७६ करोड निक्षेप संकलन, रू २ अर्ब २१ करोड कर्जा लगानी र रू. ७ करोड २९ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

कमेन्टहरु
Loading...