महिन्द्राको नयाँ शोरुम पोखरामा, टियुभी ३०० र केयुभि १०० को विक्री सुरु

पोखरा, २ असार/महिन्द्रा कम्पनीका गाडीहरुको विक्रिका लागि पोखरामा नयाँ शोरुम सञ्चालनमा आएको छ । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको नेपालको आधिकारिक वितरक अग्नि इनकरपोरेटेड प्रालि र गण्डकी धौलागिरी क्षेत्रको वितरक बतास बद्रर्श प्रालिले बुधवार देखी उत्तमचोकमा नयाँ शोरुम शुभारम्भ सहित टियुभी ३०० र केयुभि १०० मोडलका गाडीको विक्री सुरु गरेको छ ।

अग्नि इनकर्पोरेटेडका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशनका भाईस प्रेसीडेन्ट हेड सञ्जय ज्यादवले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् । कार्यक्रममा वोल्दै ज्यादवले महिन्द्रा कम्पनीका गाडीहरु आरामदायि रहेको र नेपाली वाटोका लागि उपयुक्त रहेको बताए । आधुनिक शोरुम सञ्चालनमा आएपछि यस क्षेत्रमा कम्पनीले दिने सेवा स्तरिय तथा गुणात्मक हुने भनाई उनको थियो ।

कार्यक्रममा बतास अर्गनाईजेशनका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शान्तराज बतास तथा कार्यकारी निर्देशक प्रमेश पराजुलीले बोलेका थिए । पोखरामा विक्री सुरुवात गरिएको महिन्द्रा टियूभी ३०० गाडी टफ, बोल्ड र स्टाइलिश हुनाले पनि नेपालमा यसको उपयोगिता र माग दुवै राम्रो हुने विश्वास कम्पनीको रहेको छ । टियूभी ३०० भारतको एकमात्र एसयूभी भएको र यसमा अटोसिफ्ट अटोमेटेड म्यानुअल ट्रान्समिसन टेक्नोलोजी (एमएमटी)को कारणले यो गाडी चलाउन निकै आरामदायी तथा सहज हुने दावी कम्पनीको छ ।

महिन्द्राको नयाँ शोरुम पोखरामा, टियुभी ३०० र केयुभि १०० को विक्री सुरु
महिन्द्राको नयाँ शोरुम पोखरामा, टियुभी ३०० र केयुभि १०० को विक्री सुरु

यसले १८.४९ कि.मि. प्रति लिटर माइलेज दिने दावी गरिएको छ । यस एसयूभीको प्रारम्भिक मूल्य टिफोरको लागि ३५ लाख ९५ हजार, टि सिक्सको लागि ३८ लाख ९५ हजार तथा टिऐटको लागि ४४ लाख ९५ हजार रुपैयाँ रहेको छ । त्यसैगरि त्यसैगरि महिन्द्रा केयुभी १०० पनि नेपाली बजारमा भित्रिएको दुई महिनामै लोकप्रिय वनेको बताईन्छ । ‘दी योङ एसयुभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहाने उपभोक्तालाई आकर्षित गरेको कार्यक्रममा जानकारी दिईयो । यसमा ११९८ सीसीको इन्जिन रहेको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा नेपालमा उपलब्ध छ रहेको र माइलेज यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिटर दिने दावी कम्पनीको छ ।

केयुभी १०० विभिन्न ७ आकर्षक रङमा उपलब्ध छ । नेपाली बजारमा पेट्रोल इन्जिनमा ४ र डिजेल इन्जिनमा ३ भेरियन्टमा उपलव्ध रहेको अग्नि इनकर्पोरेटडका मार्केटिङ एक्ज्युकेटिभ सिजन न्यौपानेले जानकारी दिए । पेट्रोल इन्जिनको मूल्य २४ लाख ९५ हजारबाट सुरु भई फुलअप्सनको ३१ लाख ९५ हजार रहेको र डिजेल इन्जिनमा ३१ लाख ४५ हजारबाट सुरुभइ फुल अप्सनको ३६ लाख ४५ हजार रहेको न्यौपानेले वताए । पोखरामा १५ वटा केयुभि१०० बुकिङ्ग भएको र २ वटा विक्री गरिएको कार्यक्रममा जानकारी दिईएको थियो ।

कमेन्टहरु
Loading...