महराको सांसद पद पनि गयो

काठमाडौं, २३ असोज/यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ ।

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । गत असोज १५ गते सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवास बाटै पक्राउ परेका थिए ।

कमेन्टहरु
Loading...