स्थानीय तहको प्रमुख तथा अध्यक्षको तलब प्रस्ताब, मयेरलाई ६० हजार, वडा अध्यक्षलाई ३० हजार

काठमाडौ, २२ वैशाख /स्थानीय तहको निर्वात महानगर, नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, सदस्यको छलफल भएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ ।

प्रारम्भिक चरणको छलफल भएकाले यो अंकमा केही फेरबदल हुनसक्ने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयले मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिएको हो ।

महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्नेछन् । महानगरपालिकाको उपमेयरको मासिक पारिश्रमिक मात्र ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपमेयरलाई पनि गाडी सुविधा र विभिन्न शीर्षकको भत्ताको व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तै उपमहानगरपालिकाको मेयरका लागि मासिक ५० हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको मेयरले पनि गाडी सुविधा पाउने छन् । यस्तै उपमेयरका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।

त्यसै गरि नगरपालिकाको मेयरका लागि मासिक पारिश्रमिक ४५ हजार र उपमेयरका लागि ४० हजार प्रस्ताव गरिएको छ । यस्तै गाउँपालिकाको अध्यक्ष मासिक तलब ३५ हजार र उपाध्यक्षको मासिक तलब ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यसै गरि मन्त्रालयले वडा अध्यक्षहरुका लागि पनि फरक फरक दरको मासिक पारिश्रमिक प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा अध्यक्षहरुलाई मासिक ३० हजार पारिश्रमिक दिनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।

यस्तै उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २५ हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २० हजार र गाउँपालिका अन्तर्गतका वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरेको छ ।

कमेन्टहरु
Loading...