गाउँमा कृषि क्याम्पस बनाउन गाउँलेबाट सहयोग

पोखरा, ३० मंसिर/नेताले भाषण गर्दा त लाग्छ नेपालमा प्राविधिक शिक्षा आजबाट नै शुरु हुन्छ कि भन्ने भान । तर अहिले सम्म शहरमा त प्राविधिक शिक्षा दिने क्याम्पसहरु सरकारले खोल्न सकेको छैन गाउँमा त झन कहिले हो कहिले । कास्कीको पुरुन्चौर बासीहरु अहिले गाउँमा नै प्राविधिक शिक्षा दिनका लागि कृषि क्याम्पस बनाउने उद्देश्यले महायज्ञ सन्चालन गरेका छन् । गाउँमै कृषि क्याम्पस संचालन गर्ने उद्देश्यका साथ कास्कीको पुरुन्चौरमा रहेको भारती भवन उच्च माविमा संचालित श्रीमद्भागवत् महापुराण एवं धनधान्याञ्चल महायज्ञमा करिब ३ करोड रुपैयाँ संकलन गरेको छ । महायज्ञमा दान गर्न आउने दाताहरुको ओइरो नै लागेको छ । गाउँ मै कृषि क्याम्पस बनाउने उद्देश्यले महायज्ञको आयोजना गरेको मुलआयोजक समितिका सहअध्यक्ष गुणनीधि पौडेलले बताए ।

कृषि क्याम्पस बनाउन सहयोग गर्नका लागि पुरुन्चौरबासि मात्र सक्रिय छैनन्, छिमेकी गाविसदेखि पोखरा र लेखनाथ नगरपालिका बासिन्दा शैक्षिक विकासमा टेवा पु¥याउन चाहन्छ ति व्यत्तिहरु महायज्ञमा पुगेर दान दिएर सहयोग गरी रहेका छन् । भक्तजन र दानदाताको ओइरोलाग्दा आयोजकलाई महायज्ञमा पुगेका भक्तजन र दानदाताको भिडलाई व्यवस्थान गर्न हम्मेहम्मे नै परेको छ । महायज्ञमा प्रमुख वाचक युवापण्डित दिनबन्धु पोखरेलले गरेका छन् । उनले २ सय बढी स्थानमा सामाजिक कार्यका लागि महायज्ञ गरे पनि यो महायज्ञले देशका युवावर्गलाई ब्यवसायिक खेतीतर्फ उन्मुख गराउनेमा विश्वस्त रहेको बताए ।

देशमा बढदो बेरोजगारी र युवा वर्गहरु विदेश पलायन भैरहेको अवस्थामा ब्यवासायिक शिक्षाको खाँचो रहेको भन्दै गाउँमा कृषि क्याम्पस संचालनका लागि कास्कीका लामाचौर, अर्मला, सार्दीखोला, माछापुच्छे, घाचोक, लाचोक, रिभान, हेम्जा लगायतका छिमेकी गाविसका बासिन्दाहरु गच्छेअनुसार दान दिने गरेका छन् । गाउँमै दशजोड २ भए पनि त्यसपछिको ब्यवसायिक शिक्षाका लागि टाढा टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गरी गाउमै कृषि क्याम्पस बनाउन लागेको आयोजकले बताएका छन् । महायज्ञमा सक्ने पैसा दिएका छन् त नसक्नेले आफै खेती योग्य जमिन दिएका छन् । महायज्ञस्थल पोखराबाट झण्डै २० किलोमिटर उत्तरमा पर्छ ।

कमेन्टहरु
Loading...