कास्कीमा मतदाता संख्या २ लाख नाघ्यो, थपिएको एक सातामा साढे ७ हजारले नाम लेखाए

पोखरा ९ भदौ । कास्कीमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउनेको संख्या २ लाख नाघेको छ । थपिएको एक साताको समयमा ७ हजार भन्दा बढीले नाम दर्ता गराएको जिल्ला निर्बाचन कार्यालय कास्कीले जनाएको छ । शुक्रबार राति १० बजेसम्म नामावली संकलनको काम गरिएको र एक सातामा ७ हजार ४ सय ४५ जनाले नाम लेखाएको निर्बाचन कार्यालयले जनाएको छ । यसअघि एक लाख ९५ हजार ५ सय ५५ जनाले नाम दर्ता गरिसकेको थिए । नाम लेखाउन अझैपनि कतिपय छुटेको भएपनि अब नामावली संकलनको काम नहुने कार्यालयले जनाएको छ ।
निर्बाचन बहिस्कारको घोषणा गरेर बसेका असन्तुष्ट दल संबद्धहरुले अझैपनि नाम लेखाएका छैनन् । फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने म्याद थप्प उच्च स्तरिय राजनितिक समितिले गरेको लिखित आग्रह निर्बाचन आयोगले अस्विकार गरिसकेको छ । मंसिर ४ मा निर्बाचन सम्पन्न गर्न अब प्राबिधिक रुपमा पनि नामावली संकलनको म्याद थप्न नमिल्ने निर्बाचन आयोगले जनाएको छ । जिल्ला जिल्लामा संकलित नामावली रुजु गरी केन्द्रमा पठाईने बताईएको छ ।

कमेन्टहरु
Loading...