मिडिया सोसाइटीको अध्यक्षमा पुनः शर्मा

पोखरा, ३ फागुन/मोफसलका पत्रकारहरुको संगठन मेची–महाकाली मिडिया सोसाइटी नेपालको तेश्रो महाधिवेशनबाट पुन माधव शर्मा निर्वाचित भएका छन् । पोखरामा बिहिवार सम्पन्न सोसाइटीको महाधिवेशनले २७ सदस्सीय केन्द्रिय समिति निर्वाचित गरेको हो । सोसाइटीको पश्चिमाञ्चल उपाध्यक्षमा डि.आर. घिमिरे, पूर्वाञ्चलमा बैद्यनाथ झा, मध्यमाञ्चलमा देवराज रिमाल, मध्यमाञ्चलमा बालकृष्ण ओली र सुदुर पश्चिमाञ्चलबाट हेमन्त पौडेल निर्वाचित भएका छन् । महासचिवमा हरीनारायण गौतम, सचिवमा धमेन्द्र झा र कोषाध्यक्षमा बसन्ती बास्तोला महाधिवेशनबाट निर्वाचित भएका हुन् । सोसाइटीको केन्द्रिय सदस्यमा गण्डकीबाट तेजप्रसाद वाग्ले, धौलागिरीबाट माधवराज पाण्डे, मेचीबाट पुष्प बराल, सगरमाथाबाट हेमशंकर सिंह, जनकपुरबाट शैलेन्द्र झा, बागमतिबाट चिरञ्जीवि मास्की, राप्तीबाट प्रेमचन्दा झा, लुम्बिनीबाट हरीनारायण रेग्मी, सेतीबाट शिवराज भाट र महाकालिबाट छत्र साउद निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले आगामि दिनमा पत्रकारको पक्षमा आवाज उठाउने र सोसाइटीलाई क्रियाशिल बनाएर लैजाने प्रतिबद्धता जनाए । महाधिवेशको बन्द सत्रले बालकृष्ण चापागाँई, गंगाधर पराजुली, विश्वबन्धु भण्डारी, बिष्णु छिमेकी र सत्रुघ्न नेपाललाई सल्लाहकारमा चयन गरेको छ । मोफसल बाहिर पत्रकारिता गर्दै आएका पत्रकारहरुको भेलाले २०६० सालमा सोसाइटी गठन गरेको थियो । महाधिवेशनमा देशका करिव ३० जिल्लाबाट करिव एकसय ५० जना प्रतिनिधी एवं पर्यक्षेकहरु सहभागि थिए ।

महाधिवेशनले पत्रकारहरुको सुरक्षामा राज्यले ध्यान पु¥याउनुपर्ने,  द्धन्द्धको क्रममा हत्या, बेपत्ता भएका पत्रकारलाई न्याय दिनुपर्ने, मोफसलको पत्रकारिताको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि हालै सरकारले ल्याएको समानुपातिक नीतिको स्वागत गर्दै सहि तवरले कार्यान्वयन गर्नुपर्ने, राजधानी र मोफसलबिचको बिभेदकारी बिज्ञापन नीतिको अन्त्य गर्नुपने, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने लगायतका ६ बुँदे प्रस्ताव पारित गरेको छ ।

उद्घाटन सत्रमा बोल्ने अन्य बक्ताहरुले पत्रकारलाई सुरक्षाको प्रत्याभुति गराउने दायित्व राज्यको भएको बताउका थिए । उनीहरुले स्वतन्त्र र खोजमुलक पत्रकारिता मार्फतमात्र समाज विकास हुने भएकाले सोतर्फ ध्यान दिन पत्रकारलाई अनुरोध गरे । कार्यक्रममा नेकपा (एमाले)का बैकल्पिक पोलिट्ब्यूरो सदस्य खगराज अधिकारी, नेकपा–माओवादीका केन्द्रिय सदस्य श्रीनाथ अधिकारी, एकीकृत नेकपा (माओवादी)का तमुवान राज्य समितिका सदस्य रामजी बराल (जीवन) लगायतले बोलेका थिए ।

त्यसैगरी दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुर्यबहादुर के.सी, नेकपा एकीकृतका केन्द्रिय सदस्य केशबहादुर परियार, नेपाली कांग्रेसका आमन्त्रित सदस्य शुक्रराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारी, प्रेस चौतारीका केन्द्रिय सदस्य बालकृष्ण चापागाई, प्रेस युनियनका उपाध्यक्ष गंगाधर पराजुली, लगायतले मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...