वैशाख १० गते देखि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा

काठमाडौँ, ४ बैशाख /माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ। शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ ।

यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो। राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो।

परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन्। तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन्। देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यसमा सबैभन्दा बढी काठमाडौँमा एक सय १० र सबैभन्दा कम मनाङ/मुस्ताङमा एक /एक केन्द्र निर्धारण गरिएको छ।

कमेन्टहरु
Loading...