प्रकाश शर्मा
मेरो मन छोएको थियो । म भने एकाग्र भएर उसको कुरा सुनिरहेको थिए । उ केही सम्हालिन्छे र पूर्ण कथा सुरु
गर्छे ….। त्यसपछि मलाई कलेज जानै मन लागेन । कहिले कँही जान्थे तर बिचमा बिरामी भए लामो समय
हस्पिटल बशे तर निको भएन । कोही देउताको कारण हो भन्न थाले त कोही केहि । डाक्टरले पनि यहि भएको हो
भनेर भन्न सकेन । अन्तमा म डिस्चार्ज भए निको भएर होइन आफ्नै ढिपीले । घरमा गए र बिस्तारामा पल्टिए ।
परिवारका सबैजना के गर्ने भनेर सल्लाह गर्नथाले ,पूजा गर्ने सल्लाह भयो र तयारी पनि । लामो समय कलेज
जगएकोले मलाइ भेट्न साथीहरु पनि आएका थिए,उनिहरुले कलेज आइजा अब भन्दै गए । केहि दिन पछि
मलाइ केहि ठिक भएजस्तो भयो । कलेज नगएको पनि धेरै समय भएको थियो,परिक्षा नजिकीदै थियो ।भोलि देखि
कलेज जान्छु भन्ने निर्णय गरे । बिहान सबेरै उठेर कलेज गए ।कलेजको नजिकै मेरो सानिमाको घर थियो म
कहिले कही त्यहाँ पस्ने गर्थे । साथीहरुलाइ पनि थाहा थियो उनी मेरी सानिमा हुन भन्ने कुरा । भर्खर आठ बजेको
थियो । म खाजा खाएर साथीसँग फर्कदै थिए कक्षाकोठा तर्फ तर बाटैमा मलाइ कसैले बालाएको सुने र पछाडी
फर्किए । मलाई पढाउने शिक्षक रहेछन् । तिमिसगँ केहि कुरा सोध्न थियो भन्दै समयको माग गर्नुभयो ।मैले हुन्छ
नि सर भन्दै साथीलाई कक्षामा जान भने । बिधालयको अगाडि रहेको चौरमा थचक्क बसे ।सर पनि मेरै अगाडि
आम्ने साम्ने भएर बस्नु भयो । सरले भन्नुभयो,तिमि लामो समय पछि कलेज आएउ । एउटा गल्तिको कारण एकातिर
पढाई छुट्यो अर्कोतिर परिवारलाइ दुख्ख ,बेला हुन्छ आतिनु हुँदैन ।
म छक्क परे सरको कुराले केहि बुझिन र सरलाई सिधाकुरा गर्न भने । यो लब गर्नेबेला होइन,अनि लब भन्दै
गरेको गल्तिले आज कलेजभरि तिम्रो कुरा चल्नथालेको छ । मैले केहि बुझिन अझैपनि, हस सर भन्दै जुरुक्क
उठेर क्लासमा छिरे । कक्षामा पढाई भइरहेको थियो तर मेरो ध्यान भने अधि सरले भनेको कुरामा गइरह्यो । सर
कक्षाकोठा बा ट बाहिर जानेबित्तिक साथीलाई सोधे मेरो बारेमा के कुरा भएको थियो भनेर । उसले जे सुकै भन्न दे
भन्नेको मुख थुन्न सकिदैन भन्न थाली । तर मलाई भने रिस उठिसकेको थियो । के हो कुरा सिधा भन भन्दै झर्किए ।
उ बोल्न थाली, त कलेज नआएपछि किन नआएकी भनेर सोध्नथाल्नु भयो सरहरुले । त सँग सम्पर्क भएन ,तेरो
सानिमालाई सोध्दा खै कसको पेट बोकिछ हस्पिटलमा छे भनिछन् यहि कुरा एक कान दुई कान मैदान भयो ।
हामीले पनि पछि थाहा पायौ………..
उसले यो भनि नपाउदै म त भुइमा ढलिसकेकी रहेछु । साथिहरुले पानि खुवाएर उठाएपछि थाहा भयो । मेरो
घरमा फोन पुगेछ म बेहोश भए भनेर,घरबाट टक्सीमा घर पठाईदिनु भनेपछि म घरमा गए । दिमाखले काम गर्न
छोड्यो के गर्ने के नगर्ने भनेर छुट्याउनै छोडे भनेपनि हुन्छ । त्यसपछि कलेज छोडे , घरमा नै बसिरहे ।कहिले
बेहोश हुन्थे त कहिले होशमा । मेरो कारण घरमा समेत तनाब हुन थाल्यो । एक दिन दाईले हेराउन जाने कुरा
गर्नुभयो । घरमा भने थाहा थिएन कलेजमा चलेका हल्ला । हेराउन गयौ, बिन्धबासिको मन्दिरमा ,हेराउनेले नाग
चढेको छ भनिदियो । घरमा आएपछि मलाइ भोलीबाट पुजा गर्ने गर ल तिमिलाइ दिन काट्न अनि मन शान्त हुन
सहयोग पुग्छ भन्दै बाबा पसल तर्फ लाग्नु भयो । मनलाई शान्त तुल्याउनु थियो ,भोलीपल्टबाटै सुरुभयो पुजापाठ ।
बिस्तारै ठिक हुँदै गयो । घरमा बिवाहको कुरा चल्न थाल्यो, बुबा र दाई कुरा गर्नथाल्नु भयो अब यसको बिवाह
गरिदिनु पर्छ। बिस्तारै सब ठिक हुन्छ,पढाई पनि छोडि । लगभग कुरा चलेको एक महिना पछि मेरो बिवाह भयो
,पोखरा देखि टाढा । बिवाहमा मेरो नाई नास्ती थिएन किनकी मलाई यो सहरमा बस्न मन थिएन । खोजि थियो
केबल त्यस्तै ठाउँको जहाँ मलाई कसैले नचिनोश, म कहिल्यै कल्पना समेत नगरु त्यो पल ।
समय लामो थियो यो बिचको लगभग दुई बर्ष । उ यो भनि रहदाँ झमक्क साझँ परको थियो , लेकसाईड झलमल्ल
थियो । तालको किनारमा बसेर पर्यटकहरु ताल हेरि रहेका थिए । लेकसाइड जति झलमल्ल भएपनि ताल कालै
थियो ,हो यस्तै उसले पोखरा छोडेपछि जिबनमा कहिल्यै सम्झन्न भनेको त्यो कुरा अझै उसको मनमा ताजै थियो ।
टेबलको पानि पिउछे, लामो सास फेर्छे र कथा सुरु गर्छे ।
बिवाह भयो । समय बित्दै गयो । बिवाह भएको लामो समय पछि म माइत आएकी थिएँ । मेरो क्लासमेट सम्झना
म पोखरा आएको थाहा पाएर मलाई भेट्न आई । सामान्य हाल खवर सोधपुछ पछि उ मलिन हुँदै भन्नथालि तेरो
बारेमा कलेजमा कुरा फैलनुको पछाडि तेरै सानिमा र जसलाई त आफुलाई भन्दा बढि माया गर्थिस नि हो तिनै दुई
जनाको षड्यन्त्र हो । तिनको पेटमा धर्म नरहेछ बुझिस् ।