लोकमान विरुद्ध बहस सुन्न कान्तिपुरलाई रोक

काठमाडौ, वैशाख १६ (सेतोपाटी)- सर्वोच्च अदालतले पूर्व मुख्य सचिव लोकमान सिंह कार्की विरुद्धको बहस सुन्न कान्तिपुरलाई रोक लगाएको छ । सोमबार न्यायाधीश गिरीशचन्द्र लालले जारी बहस सुन्न उनको इजलास पुगेका कान्तिपुरकर्मी घनश्याम खड्कालाई बाहिरिन आदेश दिए ।

कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिनु ठीक कि बेठिकबारे तेस्रो दिन सर्वोच्चमा बहस चलिहरेको छ । ईजलास पुगेका कान्तिपुर संवाददाता खड्कालाई न्यायाधीश लालले भने, ‘बाहिर जानुस, टिसर्ट लगाएर आउन पाइँदैन ।’ अदालतमा त्यहाँका कर्मचारी र वकिलका लागि ड्रेस तोकिए पनि अन्यका लागि ‘ड्रेस कोड’ छैन । पत्रकार खड्काले यसअघि आफू धेरैपटक टिसर्ट लगाएर बहस सुनेको बताए । ‘हिजो उनकै इजलासमा टिसर्ट लगाएर बहस सुनेको थिएँ,’ खड्काले भने ।

कमेन्टहरु
Loading...