लोकमानको नियुक्ति भारतीय दबाबमाः झलनाथ खनाल

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतको दबाबमा लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति गरेको खुलासा गरेका छन् । एमाले केन्द्रीय समितिको बैठपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अरु प्रमुख पार्टीले जोडबल गरेपछि एमाले पनि कार्कीको नाममा सहमति जनाउन बाध्य भएको बताएका छन् ।

लोकतन्त्रमा कसरी लोकमान भन्ने संवाददाताहरुको प्रश्नको जवाफ दिने क्रममा खनालले भारतीय हस्तक्षेपको तथ्य खुलस्त गरेका हुन् । तत्कालीन राजा ज्ञानेन्द्रका रोजेका मुख्य सचिव एवं विश्वासपात्र कार्कीलाई ‘गणतन्त्रवादी’ पार्टीहरुले भारतकै दबाबमा निर्वकल्प उम्मेदवार बनाएको विश्लेषण भइरहे पनि निर्णय प्रकृयामा सामेल शीर्ष नेताबाटै त्यस्तो तथ्य पहिलोचोटि उजागर भएको हो ।

रेग्मी सरकार गठनपछि चैत पहिलो साता बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियारमा कार्कीको नाम सिफारिस गरेको थियो । त्यसको व्यापक आलोचना भएपछि खनाल र कांग्रेस सभापति सुशील कोइरालाले परिवन्दमा परेर सिफारिस गरेको भन्दै गनगन गर्दै आइरहेका थिए ।

चार प्रमुख पार्टीबाट सिफारिस भएको एक महिनापछि एमाले औपचारिक निर्णय नै गरेर कार्कीको सिफरिशबाट पछि हटे पनि त्यसको कारण खुलाएको थिएन । ‘विदेशी हस्तक्षेपका कारण सर्वदलीय संयन्त्रबाट लोकमानको नाम सिफारिस भएको हो,’ संयन्त्रले निर्णय गरेको सात हप्तापछि खनालले संवाददाताहरुलाई भने । यतिबेला कार्कीले अख्तियार प्रमुख आयुक्तको सपथ समेत खाएर काम थालेको तीन दिन भइसकेको छ । सुरुमा ‘विदेशी हस्तक्षेप’ मात्र भनेर उम्किन खोजेका खनालले संवाददाताहरुले र्याखर्यार्ख्ती पारेपछि भारतको नाम खोलेका हुन् ।   cp. setopati.com

कमेन्टहरु
Loading...