लकडाउन जेठ ३२ गते सम्म लम्ब्याउने, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १७ जेठ / सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन रोक्नका लागि लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन समेत दिएको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको भन्दै बढि जोखिम ठाउँमा कडाई र कम जोमिख भएको ठाउँमा खुकुलो हुने बताए ।

हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

त्यसै गरि मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।

कमेन्टहरु
Loading...