आर्थिक चलखलले ट्रायलमा फेल, लाइसेन्समा पास

काठमाडौ, २२ असोज/सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायल परीक्षामा आर्थिक चलखेल भएको छ। घुस दिएकाहरु ट्रयालमा फेल भएपनि यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा पास गरिएको छ।

यो खबर सन्तोष यादवले आजको अन्नपुर्ण पोष्ट दैनिकमा लेखेका छन्। पहिलो चरणमा पास नभएर दोस्रो चरणमा ट्रयाल दिएका तर उक्त चरणमा पनि धेरैजना फेल भएका थिए।

तर सबैको मिलेमतोमा उनीहरुलाई पास गरिएको पाइएको छ। दर्ता नम्बर ३४७३२६९१८८१ एन भएका कासिन्द्र साह ट्रयाल परीक्षामा फेल भए पनि उनलाई पास भएको चिट दिइएको छ। उनी फेल भएको भिडियो नै फेला परेको छ।

कमेन्टहरु
Loading...